शंकर अधिकारी
चितवन समाचारडटकम, फागुन २२ ।
कालिका नगरपालिका वडा नम्वर १० मा रहेको राष्ट्रिय माध्यमिक बिद्यालय मझवाङमा निर्माण ब्यवसायी संघ चितवनले एक लाख रुपैयाँको छात्रवृति कोष स्थापना गरेको छ ।
चेपाङ समुदायको बाहुल्य रहेको पाहाडी क्षेत्रमा रहेको सो बिद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उदेश्यले अक्षय कोषमा रहने गरी आज रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
संघका अध्यक्ष घिमिरे एकलाख रुपैयाँको चेक बिद्यालय परिसरमा आज आयोजीत एक कार्यक्रमका बिच प्रधानाध्यापक फणिन्द्र न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा ५० थान स्कुल झोला समेत हस्तान्तरण गरिएको थियो । झोला नयाँ शैक्षिकसत्रमा बिपन्न बिद्यार्थीलाई बितरण गर्ने गरी प्रधानाध्यापक न्यौपानेलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले बिद्यालयमा कोष स्थापना गरेर निर्माण ब्यवसायीले राम्रो कार्य गरेको बताउनुभयो । कोषमा आगामी दिनमा रकम थप गर्न पनि उहाँले अनुरोध गर्नुभयो । समाजमा रहेका बिपन्न वर्गलाई सहयोग गर्नुपर्ने ब्यवसायीक संघ संगठनको सामाजिक उत्तरदायित्वलाई मनन गरेकोमा संघलाई नगर प्रमुख श्रेष्ठले धन्यवाद समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद घिमिरेले छात्रवृति कोष स्थापना गर्न पाँउदा खुसी लागेको बताउनुभयो । संघले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
। सोही बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमेश तामाङले संघलाई सम्मानपत्र प्रदान गर्नुभएका थियो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य होमकुमार शर्मा, प्रदेश नं ३ सदस्य पुष्कर अधिकारी , संघका प्रथम उपाध्यक्ष उमानन्द कँडेल, द्धितिय उपाध्यक्ष केशवप्रसाद लामिछाने, कोषाध्यक्ष नवराज धरेल, सदस्य शिव ढकाल, पूर्व सहकोषाध्यक्ष दिनेशचन्द्र न्यौपाने पनि सहभागी हुनुहुन्थ्यो ।