कैलाली, २२ फागनु ।
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्यआरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस मंगलवार सकिएको थियो । एक हप्ता लामो मंगलबार सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज फैसला सुनाएको हो । जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गर्नुभएको थियो ।
प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायी हरुले बहस गर्नु भएको थियो । यो घटनका प्रमुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत हुनुभएको थियो । थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।
सांसद चौधरीले निर्वाचित भएको लामो समयपछि सपथ गर्नुभएको थियो ।