प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

काठमाडौँ, फागुन २२ ।

नियमित स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ ।
प्रधानमन्त्री ओली नियमित चेकजाँचका क्रममा बुधबार बिहान १० बजे अस्पताल गएको र चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । डाक्टर अरुण सायमीले कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको जानकारी दिनुभयो ।
अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको तथा एक्स–रे सहित अन्य परीक्षणको काम समेत भइरहेका बताइएको छ । डाक्टर सयामीका अनुसार परिक्षणको रिपोर्ट बिहीबार बिहानसम्म आउने भएकाले रिर्पोट नआउदासम्म अस्पताल भर्ना गरिएको छ ।

ताजा अपडेट