रत्ननगर सभाहल आठ वर्षमा पचासी प्रतिशत सम्पन्न

चितवन १० भदौ । चितवनको टाँडीमा निर्माण कार्य सुरु गरेको रत्ननगर सभाहल आठ वर्षमा पचासी प्रतिशत सकिएको छ ।
चितवनमा नै पहिलो पटक छ सय जना अट्ने क्षमताको सभाहल निर्माण गर्ने उद्देश्यले २०७३ कात्तिक ५ गते सम्झौता भएको थियो । ठेक्का सम्झौता भएपनि निर्माणको गती भने ज्यादै सुस्त हुदा सम्पन्न गर्न अझै समय लाग्ने देखिएको छ । रन्ननगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा निर्माणाधिन सभाहलले पालिकाको आवश्यकता पूरा गर्ने रत्ननगर नगरपालिकाका प्रमुख प्रल्लाद सापकोटाले बताउनुभयो ।
धेरै लामो समयदेखि हामी सभाहल निर्माण पूरा गर्ने पहलमा छौ तर सकिएको छैन उहाले भन्नुभयो वैठक, सार्वजनिक कार्यक्रम, ठुला सभा सम्मेलन गर्नको लागि आवश्यकता महसुस भएको छ ।
१८ करोड ७३ लाख ७८ हजार २२५ रुपियाँको लागतमा निर्माण हुने कामको ८५ प्रतिशत सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । चितवनमा पहिलो सभाल निर्माण गर्ने भन्दै आठ वर्ष अगाडि निर्माण कार्य सुरु भयो । यो ठेक्का सम्झौता भएपछि यसले पुग्दैन भनेर एक हजार जना अट्ने सभाहल सौराहामा निर्माण गरिएको छ ।
छ सय जना क्षमताको कार्यक्रम गर्नको लागि रत्ननगर सभाहल उपयुक्त हुने छ कार्यालय प्रमुख थापाले भन्नुभयो त्यस भन्दा धेरै क्षमताको आवश्यक परेमा जिल्लामा अन्य दुइवटा सभाहल रहेका छन् । एउटा निर्माण पूरा भइसकेको छ भने जिल्लामा सवैभन्दा धेरै दुइहजार भन्दा धेरै अटाउने क्षमताको सभाहल भरतपुरमा निर्माणाधिन रहेको थापाले बताउनुभयो ।
रत्ननगर सभाहल दुइ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएपनि अहिलेसम्म सम्पन्न भएको छैन । तीन पटक म्याद थप भइसकेको भएपनि थपिएको समयमा समेत निर्माण पूरा नभएपछि फेरी अन्तिम पटक म्याद थपको प्रकृया अगाडि वढेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले जानकारी दिएको छ । संघीय सरकारको लगानीमा निर्माण हुदै गरेको सभाहल वहुवर्षिय निर्माण अवधी रहेको छ । सभाहल सहित पार्किङ र खुल्ला स्थान गरेर १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निर्माण पूरा भएपछि स्थानीय सरकारलाई हस्तान्तरण गरिने तयारी रहेको छ । सभाहल सञ्चालनको लागि स्थानीय सरकारले कार्यविधि बनाउनेछ । रत्ननगर नगरपालिकामा यो सभाहल निर्माण पूरा भए दुइवटा सभाहल रहनेछ ।
सौराहामा रहेको सभाहल एक महिना अगाडिनै निर्माण पूरा भएर उद्घाटनको तयारीमा रहेको छ । विभागीय मन्त्रीको उपस्थितिमा सौराहा सभाहल उद्घाटन गर्ने तयारी रहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो । रत्ननगर सभाहल निर्माणको ठेक्का पीएस विरुवा जेभीले पाएको छ ।

 

शेयर गरौ

ताजा अपडेट