चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।
बसमा आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा घाइते १५ जनालाई उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौं पठाइएको उहाँले बताउनुभयो । बसमा ३५ जना यात्रु रहेको बताइएको छ । अहिले नारायणगढ मुग्लिन सडकखण्ड दुइतर्फीनै सुचारु छ ।
नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भई रहेका निम्न घाईतेहरुः-
१.जि.कन्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष ४० की तारा भट्ट सामान्य ।
२.जि.कैलाली चिसापानी न.पा.३ बस्ने बर्ष २३ की हरिकला थापा सामान्य ।
३.जि.कैलाली चिसापानी न.पा.३ बस्ने बर्ष १९ को कैलाश वि.क.सामान्य ।
४.जि.कैलाली चिसापानी न.पा.३.बस्ने बस्ने बर्ष २७ की कृष्णा वि.क.सामान्य ।
५.जि.कैलाली चिसापानी न.पा.३.बस्ने बर्ष ३५ की जयन्ती बि.क.मध्यम ।
६.जि.कन्चन्पुर भिमदत्त न.पा.८ बस्ने बर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।
७.जि.कन्चनपुर कन्चनपुर न.पा.३ बस्ने बर्ष २३ को समिदेवल राना मध्यम ।
८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने बर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।
९.जि.बझाङ बित्थडचिर गा.पा ४ बस्ने बर्ष २२ को बसन्त बोहोरा मध्यम ।
१०.जि.कन्चनपुर भिमदत्त न.पा.१७ बस्ने बर्ष ३४ को धरम खड्का सामान्य ।
११.जि.कन्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष २० को दिपेश भट्ट सामान्य ।
१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने बर्ष २३को लक्ष्मण बम मध्यम ।
१३.जि.कन्चनपुर भिमदत्त न.पा.९ बस्ने बर्ष २५ को भिमसेन सार्की सामान्य ।
१४.जि.बैतदी दशरतचन्द न.पा.२ बस्ने बर्ष ३७ को जनक बिजाली सामान्य ।
१५.जि.कन्चनपुर भिमदत्त न.पा.४ बस्ने बर्ष २३ को विनोद सार्की सामान्य ।
१६.जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने बर्ष ३३ को देव बहादुर भुल सामान्य ।
१७.जि.चितवन भरतपुर म.न.पा.५ बस्ने बर्ष २५ को बिपिन न्यौपाने मध्यम ।
जम्मा घाईतेः- १७ जना, मध्यम,५ जना सामान्य १२ जना महिलाः ४ जना पुरुष १३ जना