चितवन । चितवनको भरतपुरमा दोस्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८१’ सुरू भएको छ ।
चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुक्रबारबाट सुरु भएको मेलाको बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा सम्वोधन गर्दै उहाले मेला महोत्वसबले आर्थतन्त्रलाई सकरात्मक प्रभाव पार्ने बताउनुभयो । महिलाको चाढपर्वमा महिलाहरुले नै यस्ता कार्यक्रम आयोजना गर्नु अझ धेरै राम्रो कार्य भएको भन्दै प्रेरणा दिनुभयो ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चले मेलाको आयोजना गरेको हो । महिला उद्यमीलाई एक ठाउँमा भेला गराई उनीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी गर्ने योजनासहित आयोजना गरिएको मञ्चकी अध्यक्ष सिर्जना सोतीले जानकारी दिनुभयो ।
मेलामा महिला उद्यमीले गरेको उत्पादनसहितका ६० वटा स्टल राखिएको छ । अध्यक्ष सोतीका अनुसार भदौको ११ गतेसम्म चल्ने मेलामा सफल महिला उद्यमीहरुले उद्यमशीलताको क्षेत्रमा आफ्नो अनुभव र सफलताका कथाहरु प्रस्तुत गर्नेछन् । मेलाबाट आम्दानी भन्दा पनि महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्धन गर्ने लक्ष्य राखिएको उहाले बताउनुभयो ।
महिला उद्यमी मञ्चले तीज पर्वको महत्व बुझाउनुका साथै मर्यादित गराउनका लागि तीज गीत प्रतियोगितासमेत आयोजना गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई पाँच हजार राशिको पुरस्कारको व्यवस्था गरिएको छ ।