चितवन, । मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङगा लाग्दा घाइते हुनेको सङख्या पच्चिस पुगेको छ ।
रौतहटको गौरबाट पोखरा जादै गरेको ग २ ख ४७ नम्वरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलो शुक्रबार दिउसो १ः५० बजे ढुङगा लागेको थियो । ढुङगा लागे लगतै अनियत्रित भएर वस सडकमा पल्टिदा वसमा सवार २५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
ढुङगा लागेपछि वस चालक अत्तिएर चलाउदा वस सडकमा नै पल्टिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते मध्य दुइजनाको अवस्था गम्भिर भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिलक कलेजमा उपचार भइराखेको छ । सडकमा वस पल्टिएपछि बाटो अवरुद्ध भएको थियो । वसलाई पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको पहिचान खुली सकेको छैन ।
तीन दिन यता हरेक दिन ढुङगा लागेर सवारी साधानमा क्षती भएको छ भने यात्रुहरु घाइते भएका छन् । निजी सवारी साधन कार, वुधबार माइक्रो वस र शुक्रबार यात्रु वसमा ढुङगा लागेको छ ।