चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा पहाडबाट खसेको ढुङगा गुडिरहेको बसमा लाग्दा ११ जना घाइते भएका छन् ।
रौतहटको गौरबाट पोखरा जादै गरेको ग २ ख ४७ न वसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलो ढुङगा लागेको थियो । ढुङगा लागेपछि वस चालक आत्तिएर चलाउदा वस पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । वस पल्टिएपछि यात्रु ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते यात्रुको भरतपुरमा उपचार भइराखेको छ । दुर्घटना दिउसो १ः५० मा भएको प्रहरीले जानकारी दिएको छ । तीन दिन यता हरेक दिन ढुङगा लागेर सवारी साधानमा क्षती भएको छ भने यात्रुहरु घाइते भएका छन् । निजी सवारी साधन कार, वुधबार माइक्रो वस र शुक्रबार यात्रु वसमा ढुङगा लागेको छ ।