मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ शव निकालियो, १६ जना घाइते

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको छ । आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको हो । पोखराबाट काठमाडौं हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस मस्र्याङदी नदीमा बसेको थियो ।

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन् । बसमा ४० बढी यात्रु रहेको अनुमान गरिएको छ । पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौं हिंडेका थिए । उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।

शेयर गरौ

ताजा अपडेट