बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौं, । चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार विहान तारसहितको प्रेसर कुकर झोलामा  घरअगाडि फेला परेको थियो । स्थानीयले प्रहरीलाई खवर गरेपछि डिस्पोजल टोलीलाई बोलाएर डिस्पोज गराएको उहाँले बताउनुभयो ।

शंकास्पद देखिएको सो वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरे पनि त्यसमा विस्फोटक पदार्थ नरहेको आचार्यले बताउनुभयो ।

स्थानीयलाई तर्साउन सो वस्तु राखिएको हुनसक्ने आशंका प्रहरीले गरेको आचार्यले बताउनुभयो । शंकास्पद वस्तु राख्ने दुई जनामाथि शंका गरिएको र उनीहरुको खोजी भइरहेको प्रनि आचार्यले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट