अवरुद्ध मुग्लिन मलेखु सडकखण्ड तीन घण्टापछि सञ्चालन

 

चितवन। पहिरोका कारण अवरुद्ध मुग्लिन मलेखु सडकखण्ड तीन घण्टापछि सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा विहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो । पहिरोले पारेको अवरोधलाई पन्छाएपछि विहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट