बहुउपयोगी हात्तीको संरक्षण अपिरिहार्य

शालिग्राम नेपाल ।
चितवन । संरक्षणमा सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण जनावरनै हात्ती भएकाले यसको संरक्षण अपरिहार्य बन्दै गएको छ ।
लोपउन्मुख वन्यजन्तुको संरक्षणदेखि यातायातको साधानको रुपमा समेत हात्तीको प्रयोग गरिने भएकाले यसको संरक्षण सवैभन्दा पहिलो भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशुचिकित्सक विजय श्रेष्ठले बताउनुभयो । हात्ती विनाको निकुञ्जको सुरक्षा कल्पना समेत गर्न सक्दैनौ । गोरखापत्र संग कुराकानी गर्दै उहाले बाघ नियन्त्रणको लागि हात्ती विना सकिदैन ।
मानव वस्तीमा छिरेको बाघ, आक्रमण गरेर लुकेकोलाई नियन्त्रण गर्न अहिलेसम्म हात्ती विना नगरिएको उहाले बताउनुभयो । हात्ती भएन भने हामीले बाघलाई नियन्त्रण गर्न सक्दैनौ डाक्टर श्रेष्ठले भन्नुभयो त्यसैले हात्तीको संरक्षण हामी सबैले बुझ्नु पर्दछ । वन्यजन्तु सवैलाई संरक्षण गर्न पर्दछ तर पनि हात्तीको संरक्षण धेरै विषयले आवश्यक छ ।
वर्षातमा यातायातको लागि यात्रा गर्न, विरामीको उपचार गर्न जान, औषधि ढुवानी गर्न सबै कामको लागि हात्तीको उपयोग आवश्यक रहेको बताउनुभयो ।

चोटपटक लाग्ने समस्या
हात्तीमा हुने घाउ चोटपकटको समस्या कमी गर्न नसकिएको डाक्टर श्रेष्ठले बताउनुभयो । नेपालको एक मात्र हात्ती प्रजनन् केन्द्र सौराहामा रहेको छ । यहाँ भएका हात्तीमा केही वर्ष अगाडि क्षयरोगको संक्रमण थियो अहिले छैन श्रेष्ठले भन्नुभयो । सरुवा रोग नभएपनि नसर्ने रोगको कारण हात्तीको संरक्षणमा विशेष ध्यान दिनु पर्ने अवस्था आएको जानकारी दिनुभयो । घाउ चोटपटक, माटो खाएर खाना नपच्ने जस्ता समस्या रहेको उहाले बताउनुभयो ।
खानाको लागि जङ्गल जाने आउने गर्दा रुखमा ठोकिएर, काँडा तथा तिखा सामग्रीले पु¥याउनु चोट हात्तीको लागि कठिन हुने गरेको छ । चारहजार किलोको शरिर भएकाले भार धेरै हुन्छ उनीहरुका लागेको घाउ निको बनाउन धेरै समय लाग्दछ । क्षयरोग नभएपनि यस्ता घाउ चोटपटकले गर्दा हात्तीमा समस्या आउने गरेको छ । चिकित्सक श्रेष्ठले भन्नुभयो ‘हामीले यसको लागि उपचार गर्दै आएका छौ तर पनि नियमित जङगल जानु पर्ने भएकाले समस्या निर्मुल पार्न कठिन हुने गरेको छ ।’ चरणको लागि जङ्गल जाने भएकाले माटो खाने समस्या अर्को छ । माटो खाने गर्नाले अन्य खाना पच्न कठिन हुने गर्दछ । पाचन प्रणालीमा समस्या आउन थालेपछि अन्य समस्या देखिन्छ ।

वासस्थान मासिदै जानु चुनौती
ठुलो शरिर र ठुलो क्षेत्र वासस्थान अवश्यक पर्ने भएकाले जङ्गल मासिदै जानु पनि हात्तीको लागि चुनौती थपिएको चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । मानिसको चापले गर्दा विकास निर्माणका पूर्वाधारले जङ्गललाई असर पार्दछ । हात्तीको वासस्थान नै मासिन थालेपछि उनीहरुमाथि चुनौती थपिन्छ उहाले भन्नुभयो ।
सौराहामा रहेको हात्ती प्रजनन् केन्द्रमा सरकारी हात्ती ६० वटा रहेको छ । निजी हात्ती ३० वटा छन् । यी हात्तीको लागि आवश्यक पर्ने चरण जङ्ग हो । सरकारी हात्ती निकुञ्ज भित्र जङ्गमा जाने गरेपनि निजी भने मध्यवर्ती क्षेत्रमा जाने गर्दछन् । ठुलो शरिर भएकाले आहारा धेरै आवश्यक पर्छ । ती आहाराको लागि जङ्ग धेरै हुनु पर्दछ । अहिले मानवको चाप वृद्धि, विकासको पूर्वाधार बढ्ने लगायतको कारणले जङ्गल विनास हुदै जानु हात्तीको वासस्थान माथिको अतिक्रमण भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो ।
हात्ती, बाघ, जरायो लगायत जनावरको लागि चितवन निकुञ्ज उपयुक्त भएपनि मानवको चाप जङ्गल माथि पर्नाले जनावरको वासस्थान माथि हरेक वर्ष चुनौती थपिदै गएको उहाले बताउनुभयो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई कमी गर्दै लैजानु पर्ने अवस्था रहेको बताउनुभयो ।

निजी हात्ती पाल्नै समस्या
चार वर्ष अगाडि मात्र चितवनको सौराहामा निजी क्षेत्रका ६८ वटा हात्ती थिए । कोभिडको कारण पर्यटकको सख्या कमी, हात्तीको दानापानी पु¥याउन नसक्ने भएपछि अहिले ३० वटामा झरेको छ । हात्तीलाई पाल्नको लागि खर्च धेरै तर आम्दानी कमी भएपछि निजी क्षेत्रले हात्ती पाल्न छाडेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले बताउनुभयो । ‘पर्यटक आउदैनन् कमाइ छैन कसरी हात्ती पाल्ने ? पाल्नै नसक्ने भएपछि धमाधम बिक्री गरिएको हो ’ अध्यक्ष गिरीले भन्नुभयो ।
कोभिडपछि पर्यटकको कमी हुदा मध्यवर्ती क्षेत्रमा सफारीको लागि जाने हात्ती घटेको वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनुभयो । सौराहा क्षेत्रमा सबैभन्दा धेरै हात्ती सफारी गर्ने सामुदायिक वन बाघमारा हो । यहाँ चार वर्ष अगाडि मात्रै विहान दुइ दर्जन र वेलुका दुइ दर्जन हात्ती सफारीका लागि जाने गरेका थिए । तर अहिले मु्स्किलले विहान वेलुका गरी १० वटा जाने गरेको छ अध्यक्ष तामाङले बताउनुभयो । पर्यटकको कमी भएसंगै मध्यवर्तीमा हात्ती प्रवेशबाट हुने कमाइ घटेको उहाले बताउनुभयो ।
चितवनको सौराहा र निकुञ्ज आसपासमा घुम्न आएका पर्यटकहरु हात्ती सफारी गर्न रुचाउने गर्दछन् । निकुञ्ज भित्र जीप सफारी, मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी जाने गर्दछ । सरकारी हात्ती पर्यटक घुमाउने गरिएको छैन । निकुञ्ज सुरक्षा र अन्य सरकारी कामको लागि प्रयोग गर्ने गरिएको छ । सरकारी पोथीहात्ती प्रजनन् केन्द्रमा रहेको छ भने भाले हात्ती निकुञ्जको सुरक्षा पोष्टमा सुरक्षार्थ खटिएको कार्यालयले जनाएको छ ।
वन्यजन्तुको सुरक्षा संगै गैंडा गणना, बाघ गणना, निकुञ्जको गस्तीको लागि हात्ती प्रयोगमा आउने गरेको छ । निकुञ्जको ५७ वटा पोष्टमा हात्तीले आवश्यकताका आधारमा सुरक्षा प्रदान गर्दै आएको छ । चितवन सहित अन्य स्थानमा हात्तीको माघ सौराहामा रहेको प्रजनन केन्द्रले पु¥याउदै आएको छ । हात्ती दिवस साउन २८ गते सोमबार विभिन्न कार्यक्रम गरेर मनाउदैछन् ।

 

शेयर गरौ

ताजा अपडेट