भरतपुर महानगरलाई पूर्ण खोप घोषणा

 

चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ ।
पूर्ण खोप घोषणा गरिएता पनि हरेक वर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आइतबार भरतपुरमा पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिका मेडिकल सिटीका रुपमा परिचित भएकाले यसको साख कायम गर्न यस्ता कार्यक्रमहरुले विषेश महत्व राख्ने उहाँको भनाइ थियो । प्रमुख दाहालले महानगरले एक वडा एक स्वास्थ्य संस्थाको नीति लिइ विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पु¥याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार जेष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
जिल्ला समवन्य समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गर्नुभयो ।
महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले चितवन भन्दा बाहिरका बालबालिकाहरु अस्थायी वसोबासका लागि आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाई भएको बताउनुभयो । विषेश गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ माघ र फागनु महिनामा ३१ हजार ८ सय ११ घरधुरी स्वास्थ्यकर्मी स्वमसेविका पुगी १२ हजार ७ सय ६३ जना बालबालिकालाई पूर्ण खोप सर्वेक्षण गर्दा एउटा पनि खोप नलगाएको ६ जना भेटिएको थियो । अभियानमा आंशिक खोप लगाइएको २२९ जना गरी कुल २३५ जना खोप लगाइएको थियो । जिल्ला खोप समवन्य समितिबाट २०८१ असार २६ गते पूर्ण खोप दिगोपना सुनिश्चिता प्रमाणिकरण गरिएको थियो ।
यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरुबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरु सामुदायिक स्तरमा सञ्चालन हुदै आएको छ ।
भरतपुर महानगरपालिकामा अन्र्तगत एउटा प्रथामिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, एउटा स्वास्थ्य किल्निक, एउटा मातृ शिशु किल्निक, ६ वटा आर्युवेद औषधालय र एउटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।
खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेको छ ।

शेयर गरौ

ताजा अपडेट