चितवन । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आदिवासी जनतजातिको भाषा संरक्षण आवश्यक रहेको बताउनुभएको छ ।
आदिवासी जनजाति दिवसको अवसरमा शुक्रबार नारायणगढमा आयोजना गरिएको कार्यक्रममा उहाँले आदिवासी जनजातिको भाषा संरक्षणमा सरकार लागि परेको जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘ जातजाति कला सस्कृतिले नेपाल धनी छ त्यसैले यो हाम्रो सम्पत्ति जोगाउन संरक्षण गर्नु पर्दछ ।’
हाम्रो मौलिकता वुझेर नै प्रदेश सरकारले नेवार र तामाङ भाषालाई सरकारी काम काजको भाषामा लागु गरिएको जानकारी दिनुभयो । नेपाली भाषालाई मात्र कामकाजको भाषा राख्दा अन्य भाषाको अश्तित्व मासिन लागेको महसुस गरेर यो भाषालाई जिवन्त राख्न थालिएको जानकारी दिनुभयो । उहाले भन्नुभयो आदिवासी जनजातिको विभिन्न थर हुने र सो थरको नाम लेख्दा सरकारी कार्यालयले विगारिदिने गरेका छन् ।
यस्तो समस्या नागरिकता बनाउदा आउने गर्दछ । तामाङ,नेवार, थारु, चेपाङलगायतको जातिको नागरिकता बनाउदा थर लेख्दा कमजोरी भएको बताउनुभयो । त्यसैले सरकारी कामकाजमा नेवार र तामाङ भाषा लागु गरिएको बताउनुभयो । आउदा दिनमा पनि विभिन्न भाषा भाषी जातजातिको सस्कृति संरक्षणका कार्यक्रम सरकारले ल्याउने जानकारी दिनुभयो । वागमती प्रदेशमा एउटै जाति एउटै भाषाको वाहुल्यता छैन त्यसैले सवै जातजातिको अधिकार सुनिश्चित हुने गरी हामी काम गर्दछौ ।
हाम्रा मौलिकता, भाषा सस्कृति, धर्म, परम्परा नै सम्पत्ति भएको र यही अध्ययन गर्न हेर्न विदेशी पर्यटक आउने भएकाले त्यस तर्फ पनि प्रदेश सरकारको ध्यान गएको बताउनुभयो । हाम्रो मौलिकताको संरक्षण गरी विश्व माझ परिचित गराउने काम सरकारले गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा उहाले चितवनको विकास निर्माणको काममा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो । उहाले चितवनका पालिकाको माग, आवश्यकतालाई ध्यानमा राखेर प्रदेशले लगानी गर्नेछ । नेपालकै गौरवको आयोजना गौतमवुद्ध क्रिकेट रंगशाला निर्माणमा प्रदेश सरकारको लगानी रहेको छ । रंगशाला निर्माणपछि खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ । खेलकुद संगै पर्यटन पूर्वधारको क्षेत्रमा पनि प्रदेश सरकारको ध्यान गएको छ । हामीले आवश्यकताको आधारमा पर्यटनका क्षेत्रमा पूर्वाधार निर्माण, प्रचारप्रसारको कार्यलाई अगाडि बढाउने छौ । किसानको लागि कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्नको लागि योजना वद्ध विकास अनुसार काम गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा आदिवासी जनजातिको सास्कृतिक पहिचान झल्कने गीत संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो । भरतपुरको विभिन्न स्थानबाट झाँकी सहित आएको ¥याली नारायणगढको नारायणी कलामन्दिरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । जिल्लाका कृयाशील राजनीतिक दलका प्रतिनिधिले मन्तव्य राख्नु भएको थियो ।