चितवन । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । बुधबार बिहानैबाट अवरुद्ध राजमार्ग १२ : ३० बजेबाट सञ्चालनमा आएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरो सफा गरेर राजमार्ग खुला गरिएको जानकारी दिनुभयो । अहिले एकातर्फी सडक खुलेको र विस्तारै दुवै तर्फ यातायात सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । पहिरोका कारण बुधबार बिहान ०७ः३५ बजेदेखि इच्छाकामना गा।पा।४ पृथ्वीराजमार्गको नाग्दी खोलामा अवरुद्ध थियो ।
माथीबाट ढुङ्गा सहितको पहिरो झरी बाटो अवरुद्द भएको थियो । अहिले सडक विभागको लोडरको सहायताले पहिरो पन्छाइएको हो । पहिरो पन्छाउने क्रममा माथिवाट खसेको ढुङ्गा लागेर लोडर चालक धादिङ गल्छिका ४६ वर्षीय लिलाधर अधिकारी घाइते भएका छन् । उहाँको अहिले भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
पहिरोकै कारण अहिले अवरुद्ध भएका सवारीसाधन अब सञ्चालनमा आउन थालेका छन् । पहिरोले अवरुद्ध हुँदा एसइईका पुरक परीक्षा दिन आएका कुरिनटारका विद्यार्थीहरु पनि मुग्लिनमा अलपत्र परेका थिए ।