चितवन समाचार डटकम, २१ फागुन ।
सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री एवम् नेकपाका नेता स्वर्गिय रविन्द्र अधिकारीकी श्रीमती बिद्या भट्टराईले स्वर्गीय अधिकारीलाई देशले दिएको उच्च सम्मान प्रति परिवारजनको तर्फवाट धन्यवाद व्यक्त गर्नुभएको छ ।
आज पोखरामा भएको श्रद्धान्जली सभामा वोल्दै श्रीमति भट्टराईले अकल्पनीय घटनाले सिंगो देश मर्माहत बनेको बताउनुभयो । भावविव्हल हुदै भट्टराईले देश, पार्टी र आमसमुदायको साथले आफुहरुलाई साहानुभुती मिलेको बताउनुभयो । ‘अकल्पनीय कुरा भयो, हामी सबै दुखीत छौं तर पार्टी र सरकारले यो बिश्वाश दिलाएको छ की उहाँको बिचारलाई कार्र्यान्वयन गर्न लाग्नेछ ।’
परिवारजनका सदस्यहरुको ठुलो सहयोगले रवीन्द्रको राजनीतिले उचाई लिएको उहाँले बताउनुभयो ।‘बुवा आमा, भाई, वहिनी सबैको सहयोग थियो, म उहाँको जीवनमा पछि जोडिए, हाम्रो माया राजनीतिले जोड्यो । दुवैजना राजनीतिमा लाग्नुभन्दा पनि उहाँको सफलताकै लागी म प्राज्ञिक क्षेत्रमा लागें’ भट्टराईले भन्नुभयो ।
पार्टी र सरकारको समेत सहभागीतामा परिवारजनले रवीन्द्र स्मृति प्रतिष्ठान बनाएर सामाजीक सेवामा लाग्ने योजना रहेको उहाँले बताउनुभयो ।
गत बुधवार भएको हेलीकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सात जनाको ज्यान गएको थियो ।
