काठमाडौं, २१ फागुन ।
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह बिरामी परेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि पूर्व मुमा बडामहारानीलाई अस्पताल भर्ना गरिएको हो ।
ज्वरो तथा पखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजपरिवार स्रोतले जानकारी दिएको छ । रत्ना तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन् । पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणपछि भारत भ्रमणको योजना बनाइरहेका बेला आमा रत्ना बिरामी परेकी हुन् ।