नेकपा नक्कली कम्युनिष्टहरुको गठबन्धन भएको सिपी गजुरेलको आरोप

चितवन, फागुन २१ ।
मोहन बैद्य नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी माओवादी (क्रान्तिकारी) का बरिष्ठ नेता सिपी गजुरेलले सत्ता चलाइरहेको नेकपा नक्कली कम्युनिष्टहरुको गठवन्धन भएको आरोप लगाउनुभएको छ । पार्टीको जनजागरण अभियानको आज भरतपुरमा आयोजित समापन समारोहमा नेता गजुरेलले बर्तमान सरकार जनतालाई राहत दिने दिशामा नहिडेको बताउनुभयो । देशमा महंगी, भ्रष्टचार, हत्या, बलत्कार जस्ता घटना बढेका छन्, गजुरेलले भन्नभुयो, यसलाई नियन्त्रण गर्ने दिशामा सरकार छैन ।
फागुन ७ गतेदेखि सुरु भएको को १५ दिने जनजागरण अभियान मंगलबार समापन भएको छ ।
देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले अभियानले पूर्णता पाएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले नेकपा नेतृत्वको सरकार भारत संग आत्मसमर्पण गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, नेपालको क्षेत्रफल १० हजार वर्ग्मिटरभन्दा बढी हराउदा पनि निशब्द भएर बसेको छ ।
त्यस्तै पाटीका सचिव एवं केन्द्रीय सदस्य परी थापाले कम्युनिष्ट सरकार देशमा आएसँगै भ्रष्टचारले प्रश्य पाएको भन्दै जनताले यस सरकारबाट सुख,शान्ति र विकासको आशा गर्न नसक्ने बताउनुभयो ।
झापाको काँकडाभिट्टा, कञ्चनपुरको गड्डा चौकी, काठमाडौँको शान्तिबाटिका, कास्कीको पोखरा एक साथ उद्घाटन भएको कार्यक्रम भरतपुरस्थित चौबिसकोठीमा एक कार्यक्रमका बीच अभियानको समापन गरिएको हो ।

ताजा अपडेट