चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुस सहित रङ्गेहात पक्राउ परेकी छन् । अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर ७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आज अपरान्ह घुससहित पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालालाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।
कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नै नबनाउने गरेको आरोप लाग्दै आएको थियो । कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको हो ।