काठमाडौ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।
नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ ४८ पैसा र डिजेलको दुई रूपैयाँ ८३ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।