चितवन । चितवनको भरतपुरमा रहेको अरोमा कलेजका दुई विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा जाने भएका छन् । उक्त ओलम्पियाडमा १०० भन्दा बढी देशका विद्यार्थीहरुको प्रतिस्पर्धा हुनेछ।
म्याथम्याटिकल एसोशिएन अफ नेपाल-२०२४ को आयोजनामा भएको नेशनल म्याथम्याटिक्स ओलम्पियाड २०२४ को प्रि-टेस्टमा प्रथम भई द्रोर्ण चौधरी अन्तर्राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गर्न गर्न बेलायत जान लागेका हुन् । त्यस्तै, इन्टरनेसनल फिजिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै योगेन्द्र शर्मा इरान जान लागेका हुन् । शर्मा नेशनल लेभल फिजिक्स ओलम्पियाड २०२४ प्रतिस्पर्धामा प्रतिस्पर्धामा नेपाल द्वितीय भएका थिए । चौधरी र शर्मा दुवै अरोमा कलेजका विद्यार्थीहरु हुन् ।
यो वर्ष २२ जना अरोमाका विद्यार्थीले अमेरिकाको ख्यातिप्राप्त युनिभर्सिटीमा पूर्ण छात्रवृत्ति पाएको कलेजले जनाएको छ । एमबिबिएसमा ८ जनासहित अन्य मेडिकल पूर्ण छात्रवृत्तिमा २८ जना, इन्जिनियरिङतर्फ ३२ जना तथा अन्य विषयमा ५०ं विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।