गैंडाकोट नगरस्तरीय स्काउट क्याम्पिङ तथा दिक्षान्त

गैंडाकोट । गैंडाकोट नगरस्तरीय विधालय बिच स्काउट क्याम्पिङ तथा दिक्षान्त समारोह सम्पन्न भएको छ ।

गैंडाकोटको कालिका नमुना माध्यमिक विधालयमा भएको कार्यक्रममा १२ विधालयका २५८ विधार्थी आहभागी भएका थिए । शुक्रबार गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले समारोहको उदघाटन गर्नु भएको थियो ।

कालिका नमुना माविको परिसरमा भएको कार्यक्रममा विधार्थीले साहसिक गतिबिधी देखाएका थिए । डोरीबाट झर्ने , रिङबाट साहसिक प्रदर्शन गर्ने लगायत विभिन्न कार्यहरु गरेको स्थानिय स्काउट गैंडाकोटका प्रमुख आयुक्त दयाराम पौडेल बिमर्शले जानकारी दिनु भयो । कार्यक्रममा सास्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

ताजा अपडेट