स्वास्थ्य शिविर सम्पन्न

चितवन । भरतपुर महानगरपालिका १२ नम्बर वडा कार्यालयकाे आयाेजनामा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुष्पाञ्जली अस्पताल भरतपुरकाे प्राविधिक सहयोगमा भएको शिविरमा ४ सय २५ जना स्थानीयले सेवा लिएको कार्यक्रम संयाेजक गायत्री श्रेष्ठले जानकारी दिनुभयो ।
वडा सदस्य जमुना ढुङ्गानाकाे अध्यक्षतामा भएको शिविरमा अस्पतालका बरिष्ठ फिजिसियन डा.भाेजराज अधिकारी प्रमुख अतिथि रहनुभएकाे थियाे ।
शिविरमा डा.अधिकारी सहित फिजिसियन डा. रिकेश सापकोटा, स्त्री प्रसुती तथा प्रजनन राेग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले ,रेडियाेलाेजी डा. नरेन्द्र दराइ, बाल राेग बिशेषज्ञ डा. किरण देवकोटा र दन्त राेग बिशेषज्ञ डा.बिबेक घिमिरे उपचार सेवा दिनुभयो ।
शिविर उद्घाटनका क्रममा डा. अधिकारीले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत शिविरमा निशुल्क सेवा दिएको बताउनुभयो । उहाँले आमजनताको स्वास्थ्य सेवालाई सुलभ बनाउन सरकारी अस्पतालका सेवा र पूर्वाधारहरु बलियो बनाउनुपर्ने धारणा राख्नुभयाे ।
संगिता थापाले सञ्चालन गर्नुभएको शिविर उद्घाटन समाराेहमा अस्पतालका अध्यक्ष चेतनाथ वाग्ले, वडा सदस्यहरु, बिभिन्न राजनीतिक दलका वडाका नेताहरु, स्थानीय अगुवाहरु, अस्पतालका प्राविधिक संयाेजक केदार सुवेदी लगायत अतिथि रहनुभएकाे थियाे ।
बिशेषज्ञ डाक्टरहरुकाे सहभागीतामा शिविर गरिएकोले स्थानीयले खुसी ब्यक्त गरेका थिए ।

शिविर सम्पन्न गर्न वडा कार्यालयले गायत्री श्रेष्ठकाे संयाेजकत्वमा शान्ति अधिकारी,संगिता थापा,सरस्वती पाैडेल,अमृता भण्डारी,सुजन ढकाल र शान्ति लामा सदस्य रहेको समिति गठन गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट