क्रिप्टो र सट्टेबाजीबाट दुई अर्ब एक करोड कारोबार, २४ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरी आज ९सोमबार० सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुङ्गानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेब साइटहरुको प्रयोग गरी उनले दुई अर्ब एक करोड बढीको कारोबार गरेको खुलेको प्रहरीले जानकारी गराएको छ । उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुङ्गाना काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट