मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ ।

गत चैत्र ३० गते हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनेबारे आजको बैठकमा छलफल हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार हिउँदे अधिवेशन वैशाख अन्तिम साताभित्रै बोलाउने सरकारले आवश्यक तयारी गरिरहेको छ । जेठ १५ गतेमा आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनेछ ।

ताजा अपडेट