बागमतीमा मन्त्रिपरिषद विस्तार : १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त

हेटौँडा, २० चैत । बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्री परिषद् विस्तार गरी मन्त्री मण्डल गठनलाई पूर्णता दिइएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा ९एमाले० बाट चार जना मन्त्री थपिएका हुन्।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलबार साँझ एमालेबाट चारलाई जना मन्त्री पदमा नियुक्त गर्नुभएको हो।

प्रदेश प्रमुख शर्मासँग प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

एमालेबाट केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकलाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि मङ्गलबार बिहान मात्र मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले नेकपा ९एकीकृत समाजवादी०का प्रदेश सभा सदस्य रमा आले मगरलाई मन्त्रीमा नियुक्त गरेर मन्त्री परिषद् विस्तार गर्नुभएको थियो।

मन्त्रालयपछि तोक्ने गरी आलेमगरलाई बिना विभागीय मन्त्रीमा नियुक्ति गरिएको थियो। एमालेका चार मन्त्री थपिएसँगै १२ सदस्यीय मन्त्री परिषदमा मन्त्रीको सङ्ख्या १३ पुगेको छ।

सत्ता समीकरण परिवर्तन भएसँगै यसअघि चैत १५ गते हाम्रो नेपाली पार्टीबाट दलका नेता शैलेन्द्रमान बज्रचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र चैत १७ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसहित मन्त्री परिषद् विस्तार गरिएको थियो।

शेयर गरौ

ताजा अपडेट