एनआइएमबीद्वारा चितवनका ग्राहक सम्मानित

 

भरतपुर, १९ फागुन ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी)ले आफ्नो ३८औं वार्षिकोत्सबका अवसरमा  ‘फाेन पे’बाट धेरै कारोबार गर्ने चितवनका दुई ग्राहकलाई सम्मान गरेको छ ।
बैंकले डिजिटल बैंकिङ क्यूआर फाेनपे बाट धेरै कारोबार गर्ने बैंकका ग्राहकहरु चिया इन नारायणगढ र भी रेष्टुरेष्ट सौराहाका सञ्चालकलाई सम्मान गरेको हो । शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा चिया इन नारायणगढ र भी रेष्टुरेष्ट सौराहाका सञ्चालकलाई मायाको चिनोसहित सम्मान गरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नारायणगढ शाखाका प्रमुख राजेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

ताजा अपडेट