क्रिकेट रंगशालाको काम धमाधम, सिमेन्टको मसला बोकेर धुर्मुस फिल्डमा

चितवन समाचार डटकम, १९ फागनु ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणस्थलको बाउण्ड्रीको काम सुरु भएको छ ।
आईतबार निर्माणस्थलका स्थलगत निरिक्षणमा आउनुभएका फाउण्डेशनका प्रमुख सिताराम कट्टेल धुर्मसले काममा सहयोग पनि गर्नुभयो । उहाँ आफैले सिमेन्ट मुछेको मसला बोकेपछि काममा खटीएकाहरु उत्साहीत भएका थिए ।
फाउण्डेशनका अध्यक्ष कट्टेलले आफु रंगशाला निर्माणमा दत्तचित्तका साथ लागेको बताउनुभयो । भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले आफ्नो नशानशामा रंगशाला निर्माणको उर्जा प्रवाह भएको बताउनुभयो । ‘सबैले हौसला दिनुभएको छ, रकम संकलन जारी छ, कट्टेलले भन्नुभयो ‘अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भयो ।’
उहाँले उठेका सबै सहयोग रकमको हिसावकिताव पारदर्शी ढंगले सधैभरी प्रस्तुत गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । ‘सबैले जे जती सकिन्छ आ आफ्नो ठाँउबाट सहयोग गरौं, डिपीआरको काम ६ महिनामै सकिन्छ, दुई बर्षमा रंगशाला बन्नेछ ’ कट्टेलले भन्नुभयो ।
यो रंगशाला क्रिकेटको मात्र नभई सबै खाल्का खेलहरु खेल्न सकिने र खेलाडीहरु उत्पादन गर्न सकिने खेलकुद हबका रुपमा बिकास गर्न खोजीएको उहाँले प्रष्ट पार्नुभयो ।
रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उहाँले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताउनुभयो ।
धुर्मुस– सुन्तली फाउण्डेशनले एक महीना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि जग्गा सम्झौता गरेको थियो । तोकीएको समयभित्र रंगशाला बन्नेमा ढुक्क रहन कट्टेलले सबैसंग आग्रह गर्नुभएको छ ।

शेयर गरौ

ताजा अपडेट