अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरिर पार्टी कार्यालय धुम्बाराहीमा,,आजै अन्त्येष्टि

काठमाडौँ, १९ फागुन :

उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।

मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ । (रासस)

ताजा अपडेट