१८ फागुन, काठमाडौं ।
नेकपाका नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वषर्ीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।
अस्पतालका अनुसार उहाको निधन राति 9 बजेर 35 मिनेटमा भएको हो । परिवारसगको छलफलपछि उहालाई भ्यान्टिलेटरबाट निकालिएको थियो । गत माघ २४ गते ह्याम्स अस्पताल भर्ना भएका अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो। शनिबार दिउँसो अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पतालले अधिकारीलाई बचाउन सक्ने संभावना न्यून रहेको जानकारी दिएको थियो।
चारपटक अर्थमन्त्री समेत रहेका अधिकारीले एकपटक यातायात तथा निर्माणमन्त्रीको जिम्मेवारी समेत पूरा गर्नुभएको थियो । यसैगरी, चारै पटक सांसद भएका अधिकारी संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमनजस्ता विभाग प्रमुख जिम्मेवारी बहन गरिसक्नु भएको छ । अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका कार्यक्रम वृद्धभत्ता र ‘आफ्नो गाउँ, आफैँ बनाऔं, अभियान निकै लोकप्रिय बनेका कार्यक्रम हुन्। अधिकारीका श्रीमती, २ छोरी र एक छोरा छन्।