चितवनको नारायणगढमा महिला उद्यमी मेला

चितवन, ६ असोज । चितवनको नारायणगढमा तीन दिने महिला उद्यमी मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको परिसरमा महिलाले उत्पादन गरेर तथा महिलाले मात्र सञ्चालन गरेका व्यवसायको मेला लागेको हो ।

असोज ८ गतेसम्म सञ्चालन हुने मेलाको प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले शनिबार उद्घाटन गर्नुभयो । श्रेष्ठले उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने वताउनुभयो । यस्तो मेलाले चितवन र आसपासका महिलाहरुलाई उद्यमी बनाउन योगदान पु¥याउने वताउनु भयो । महिला चुलो चौकामा मात्रै सिमित हुन नहुने वताँउदै उहाँले राज्यको नीति निमार्णको तहमा पु¥याउनु पर्नेमा जोड दिनु भयो ।
मेलाको उद्घाटन कार्यक्रमका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उत्पादन विना समृद्धिको परिकल्पना गर्न नसकिने वताउनु भयो । राज्यले नीति निर्माण गर्दा आधा आकाश ढाक्ने महिलाहरुका मुद्धामा पनि ध्यान दिनु पर्ने वताउँदै अधिकारीले आर्थिक समृद्धिको लागि भाषण भन्दा काम गर्नुपर्ने अवस्था आएको वताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले मेलाको वारेमा जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।


महिला उद्यमशिलता विकास र यसको प्रबद्र्धनमा योगदान पु¥याउंने उदेश्यले मेला आयोजना गरेको हो । आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउनका लागि महिलाहरुलाई आय –आर्जनका क्रियाकलापहरुमा संलग्न गराउनु मेलाको मुख्य उदेश्य भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले जानकारी दिनुभयो । कम्तिमा ६ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा करिव १५ लाख सम्मको आर्थिक कारोवार हुने उवासंघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो ।
कार्यक्रममा भरतपुर महानगरापलिका १ का वडाध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेल, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती, मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी संयोजक अंकिता सुमार्गीलगायतले बोल्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष देशिराम प्रधान, डा. तिलचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरन्जीवि सुवेदी, द्धितीय उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष सिरिष पन्तलगायत संघका कार्यसमिति सदस्य एवं वस्तुगत संघका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुनिता कर्माचार्यले संचालन गर्नु भएको कार्यक्रम उवासंघ चितवन महिला उद्यमी विकास समिति संयोजक पुर्णीमा श्रेष्ठले समापन गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट