चितवन,२३ भदौ ।
चितवन शुभलाभ ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि.काे तेश्राे बार्षिक साधारणसभा आज भरतपुरमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष सुमनकुमार श्रेष्ठको सभापतित्वमा भएको साधारणसभाले पुजी वृद्धि गरि हाेटल, पर्यटन , स्टक मार्केट र रियल स्टेट क्षेत्रमा लगानी बढाउने निर्णय गरेकाे छ ।
६३ जना शेयर सदस्य रहेको कम्पनीकाे हाल रहेको २ कराेड ६८ लाख पुजीलाई बढाएर ५ कराेड पुर्याउने निर्णय साधारणसभाले गरेको हाे ।
कम्पनीका कार्यकारी निर्देशक अमरबहादुर कुँवरले बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियाे ।
कार्यक्रममा सञ्चालक सदस्य सुदीपसिंह अधिकारीले मुलुककाे आर्थिक अवस्थालाई विश्लेषण गर्दै प्रतिफल याेग्य क्षेत्रमा कम्पनीले ध्यान दिने बताउनुभयो । उहाँले कम्पनीले मुलत: हाेटल र पर्यटन क्षेत्रमा लगानीका लागि अध्ययन गरिरहेकाे उल्लेख गर्नुभयो ।
कम्पनीका सञ्चालक सदस्य गाेपाल भट्टराईले सामुहिक लगानीकाे अवधारणामा अघि बढ्दा जाेखिम ब्यवस्थापनमा सहजता हुने विश्वास ब्यक्त गर्नुभयो ।
साधारणसभामा अन्य सञ्चालक सदस्यहरु हिरामान महर्जन, हेमन्त केसी सहित शेयर सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।