लामिछाने निर्वाचित भएको सय दिनमा व्लु बस सञ्चालन

 

चितवन, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको घोषणा गरिएको छ ।
वुधबार भरतपुरमा सचिवालयको स्थापना गर्दै विभिन्न ११ वटा कार्यक्रमको घोषणा गरिएको हो । जनतासंग प्रत्येक्ष जोडिएर सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम घोषणा गरेको हो । सोच्यौ,बोल्यौ र ग¥यौ सय दिनमा हामी भन्ने नारासहित सभापति रविले निःशुल्क बस सेवादेखि घुम्ती स्वास्थ्य सेवासम्मका कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याउनु भएको छ । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा वुधबारदेखि निःशुल्क बस सेवा संचालनमा ल्याउनु भएको हो । भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गर्नु भएको थियो । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याडलगायतका सामग्रीको समेत व्यवस्था हुने लामिछानेले बताउनुभयो । बसमा गुनासो सुन्नेगरी रविलाई पत्र नामको बक्स समेत राखिएको छ ।
लामिछानेले ६५ बर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गर्नु भएको छ । हरेक दिन नयाँ टोलमा पुगेर प्राथमिक उपचार दिने उद्देश्यले यो सेवा सुरु गरेको बताउनुभयो । मोबाइल क्लिनिक नाम दिइएको एम्बुलेन्स मार्फत स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने छ ।
यस्तै गरी लामिछानेले विपन्न परिवारका लागि पाँच लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गर्नुभयो । स्वास्थ्य विमा मार्फत यो कार्यक्रम अगाडि बढाइने छ । सुरुवातमा सय जना विपन्न परिवार छनोट गरी काम सुरु गरिएको लामिछानेले बताउनुभयो । नेपालमा फर्कन चाहनेका लागि सय जना भन्दा बढीलाई जागिरको व्यवस्था गरेको सभापति लामिछानेले जानकारी दिनुभयो । बिना पैसा विदेशबाट फर्काएर रोजगारी दिने व्यवस्था गरेको बताउनुभयो ।
सभापति लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्वर २ मा हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाई गर्ने जानकारी दिनुभयो । पहिलोपटक भदौ १० गते सार्वजनिक सुनुवाई गर्नेछौ उहाले भन्नुभयो त्यसमा सहभागी भएर नागरिकले सरोकारवालासंग प्रत्येक्ष गुनासो सुनाउन पाउनेछन् ।

शेयर गरौ

ताजा अपडेट