चितवन, ५ साउन । चितवन घुम्न आउने पर्यटकको सख्या यस गत आर्थिक वर्षमा उच्च भएको छ ।
कोरोना संक्रमणको समयपछि सवैभन्दा धेरै पर्यटक आर्थिक वर्ष २०७९÷८० को असारसम्म देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने पर्यटकको सख्या गत साउनदेखि असार महिनासम्म तीन लाख जनाले अवलोकन गरेका छन् । एक चालु वर्षमा निकुञ्ज प्रवेश गर्नेको सख्या तीन लाख नजिक पुगको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गाशेणप्रसाद तिवारीले जानकारी दिनुभयो ।
एक वर्षमा निकुञ्ज प्रवेश गर्नेको सख्या दुइलाख ९९ हजार ४१२ जना रहेको छ । निकुञ्ज प्रवेश गरेर जंगल सफारी गर्नेको सख्या मात्र रहेको हो । यो बाहेक जिल्लाको सौराहा, मेघौली, पटिहानी, देवघाट लगायतको स्थानमा आएर निकुञ्ज प्रवेश नगर्नेहरु पनि रहेका छन् । आर्थिक संकटमा पुगेको पर्यटन व्यवसायका लागि निकुञ्ज आउने पर्यटकको कारण राहत महसुस भएको छ ।
निकुञ्जले दिएको जानकारी अनुसार पर्यटकबाट मात्रै १८ करोड ५ लाख १९ हजार ७५० रुपियाँ राजश्व संकलन गरेको छ । निकुञ्ज प्रवेश गरे वापत नेपाली, सार्क र वाह्य पर्यटकलाई अलग शुल्क निर्धारण गरेर लिने गरेको छ । विगतका वर्षहरुमा भन्दा अहिले पर्यटकको सख्या वृद्धि भएकाले व्यवसायलाई राहत महसुस भएको क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो ।
असार साउनको महिनामा मुग्लिनबो बाटोले गर्दा पर्यटकको सख्या कमी भएपनि अन्य महिनामा भने राम्रो सख्यामा आएको पूर्व अध्यक्ष भट्टराईले बताउनुभयो । चैत वैशाख धेरै राम्रो सख्यमा आएका थिए । पर्यटन प्रवद्र्धनका लागि नेपालको सिमावर्ती भारतका शहरमा पुगेर सौराहा, चितवन, नेपालको पर्यटन क्षेत्रको विषयमा जानकारी दिने कार्यक्रम समेत गरेका थिए । पटना, वनारस, गोरखपुर लगायतका सहरमा पुगेर नेपाल भ्रमणको निम्ता समेत दिएका थिए । पर्यटन वोर्डको उपस्थितिमा गरिएको कार्यक्रमले समेत सहयोग पुगेको उहाले बताउनुभयो ।
निकुञ्ज कार्यालयको तथ्याङकमा भारत सहित सार्क मुलुकबाट आउने पर्यटकको सख्या ३८ हजार रहेका छन् । विदेशी पर्यटकको सख्या घटेको भन्दै चिन्ता भएको थियो यस वर्ष वढेका छन् पर्यटक व्यवसायी दामोदर रेग्मीले भन्नुभयो । निकुञ्जको विवरणमा गत चालु वर्षमा विदेशी पर्यटक ५५ हजार ८ सयले निकुञ्ज प्रवेश गरेका छन् । विगत तीन वर्ष यता यो सख्या धेरै रहेको निकुञ्ज कार्यायका सूचना अधिकारी तिवारीले बताउनुभयो ।
निकुञ्ज प्रवेश गर्नेमा सवैभन्दा धेरै आन्तरिक पर्यटक रहेको छ । नेपाली मात्रै एक वर्षमा दुइ लाख ५ हजार छ सयले भ्रमण गरेका छन् । निकुञ्ज भित्र सफारी गर्नेहरुमा सवैभन्दा धेरै नेपाली रहेको कार्यालयले जानकारी दिएको छ ।