काठमाडौँ ३ साउन । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । मंगलबार राति उनी कम्बोडियातर्फ प्रस्थान गरेका हुन् । निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया सरकारको निमन्त्रणामा अध्यक्ष ओली त्यसतर्फ लागेका हुन् । कम्बोडियामा यही जुलाई २३ मा आम चुनाव हुँदै छ ।
अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारीलगायत सहभागी छन्। अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओलीले कम्बोडिया जानुअघि पार्टीको कार्यवहाक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी क्रमशस् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् ।