दार्चुलाको महाकाली नदीमा जीप खस्दा १० जनाको मृत्यु, उद्धार कार्यजारी

दार्चुला १७ फागुन । दार्चुलाको राताकाठा सडकबाट महाकाली नदीमा जीप खस्दा १० जनाको मृत्यु भएको छ ।
से १ ज २८० नम्बरको जीप दुर्घटना १० जनाको मृत्यु भएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनु भयो । जीप तिंकर सडक खण्डको राताकाठाबाट ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको थियो । आज साँझ ८ बजे खसेको जीपमा १४ जना सवार थिए । जीप चालक दीपक धामी भने गम्भिर घाइते भएका छन् ।
दार्चुलाबाट हिकिला गइरहेको जिप दुहु गाउँपालिका ३ राताकाठामा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा मृतकको शव प्रहरीले संकलन गरिराखेको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार रहेको प्रहरीको भनाइ छ ।
रातको समय भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । चालकबाहेक अन्य यात्रुको बाँच्ने अवस्था नदेखिएको प्रहरीले जानकारी दिएको छ । तीन दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाएको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए । घटनास्थल दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट आठ किलोमिटर दूरीमा पर्दछ ।

ताजा अपडेट