काभ्रेबाट दश महिनामा सात हजार विदेसिए

काभ्रे १० असार । चालु आर्थिक वर्षको १० महिनामा काभ्रेपलाञ्चोक जिल्लाबाट वैदेशिक रोजगारीका लागि सात हजारभन्दा बढी नागरिक बिदेसिएका छन्। दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) ले धुलिखेलमा बिहीबार आयोजना गरेको अन्तर्क्रियामा उक्त जानकारी दिइएको हो।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक वसन्त कुँवरले चालु आवको साउनदेखि वैशाखसम्म काभ्रे जिल्लाका एक हजार ८६६ महिलासहित सात हजार २६९ जना नागरिक वैदेशिक रोजगारीका लागि गएको जानकारी दिनुभयो।

उहाँले वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा यस जिल्लाबाट संस्थागत रूपमा श्रम स्वीकृति लिएर पाँच हजार ६३६ जना, व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर एक हजार २३१ जना, जिटुजीमार्फत ४०४ जना बिदेसिएको बताउनुभयो।

तथ्याङ्क अनुसार गत वर्ष नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर नौ हजार ३६९ जना वैदेशिक रोगजारीमा गएका थिए। सरकारले संस्थागत रूपमा १०१ मुलुक वैदेशिक रोजगारीका लागि खुला गरेको छ।

शेयर गरौ

ताजा अपडेट