चितवन १९ जेठ । नारायणी नदी किनारमा सी बीचको तटवन्धन निर्माण पूरा भएको छ । नारायणी नदीको पुलबाट उत्तर तर्फ ६४० मिटर लामो समुन्द्री तट प्रकारको तटवन्धन निर्माण कार्य सकिएको हो ।
गत माघ महिनाबाट निर्माण कार्य भएको तटबन्धनको कार्य ककिएको नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शंकर वुढाथोकीले जानकारी दिनुभयो । नारायणी किनारको चौरलाई कायम राखी नदी कटान रोक्दै समुन्द्री किनारको आकारमा तटबन्धन निर्माण गरिएको हो । भौतिक निर्माण कार्य पूरा भएको छ सूचना अधिकारी वुढाथोकीले भन्नुभयो ‘सरसफाइ र केही सामग्री मिलाउने काम बाहेक निर्माणको कार्य पूरा भएको छ ।’
नदी किनारमा महोत्सब, विभिन्न सास्कृतिक कार्यक्रम तथा विमान बेलुका घुम्न जानेहरुको यस क्षेत्रमा भिड लाग्ने गर्दछ । यस स्थानलाई समुन्द्री किनार आकारको निर्माण गर्नको लागि भरतपुर महानगरपालिकाले पहल गरेको थियो । नदी किनारमा साना ठेला तथा व्यापार गर्नेहरुको भिड लाग्ने गर्दछ ।
१६ करोड रुपियाँको लागतमा निर्माण भएको कार्यालयले जानकारी दिएको छ । वर्षातको कारणले गर्दा ढिलो काम भएमा बनाएका संरचना बगाउने डरले पनि कामलाई तिब्र गतीमा सम्पन्न गरेको सूचना अधिकारी वुढाथोकीले जानकारी दिनुभयो । खुट्किला आकारको तटबन्धन निर्माण गरिएको छ । तटबन्धन नजिकै रुख रोपिएको छ, यसले सौन्दर्य दिने छ । पहिलो चरणमा ६४० मिटर निर्माण भएपनि त्यस क्षेत्रको आवश्यकताले अझै वृद्धि गर्नु पर्ने रहेको उहाले बताउनुभयो ।
सुन्दर सहर अन्तरगत सी बीच पनि भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । हामीले भरतपुरलाई देशकै आकर्षक सहर निर्माण तर्फ लागेका छौ उहाले भन्नुभयो ‘अब नारायणी नदी किनार आउदा समुन्द्री तटमा आए जस्तो अनुभुती गर्न सकिनेछ । निर्माण सम्पन्न भएपछि यसलाई थप आकर्षक बनाउन अन्य कार्यपनि गरिनेछ ।’ रात्री कालिन समय बल्ने बत्ती नदी किनारको आकर्षण स्थानले यहाँको सान्दर्य बृद्धि गर्ने दाहालले बताउनुभयो ।
नारायणी नदी किनारको आकर्षकले थप पर्यटकीय क्षेत्र बन्न पुगेको उद्योग वाणिज्य संघ चितनवका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । कही वर्ष अगाडि सामान्य घुम्न आउने, बजार आएकाहरु समय कटाउन आउने गरेकोमा अब यही किनार हेर्नको लागि योजना बनाएर आउनेको सख्या वृद्धि हुने उहाले बताउनु भयो । पर्यटकीय गन्तव्यको रुपमा थप एउटा नदी किनार भएकाले यसको संरक्षणको दायित्व सबैको हुने उहाँको भनाइ छ ।
यसै गरी नदी किनारमा आरती स्थल निर्माण कार्य वर्षातपछि गरिने तयारी रहेको छ । आरती स्थल निर्माणको लागि मात्रै एक करोड ७५ लाख रुपियाँ खर्च हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकास अर्यालले जानकारी दिनुभयो । आरती स्थल निर्माणको जिम्मा महालक्ष्मी, ओम सत्य साइ जेभीले लिएको छ । फागुन १० गते ठेक्का सम्झौता भएको यो काम १८ महिनामा सम्पन्न गर्ने छ । तटवन्धन पछि निर्माण हुने आरती स्थलले नदी किनार धार्मिक पर्यटकीय क्षेत्रका रुपमा अझ महत्व वढ्ने महानगरपालिकाले जनाएको छ ।