महालक्ष्मी विकास बैंककाे वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

बैशाख३१,चितवन ।

महालक्ष्मी बिकास बैंकले चितवनको वीरेन्द्रनगरमा वित्तिय साक्षरता कार्यक्रम सम्मपन्न गरेकाे छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वीरेन्द्र आदर्श माध्यामिक बिद्यालय राप्ती-६,वीरेन्द्रनगरका कक्षा १०का बिद्यार्थीहरु लक्षित उक्त कार्यक्रमले स्कुले बिद्यार्थीहरुमाझ आधारभुत वित्तिय ज्ञान पुगेकाे विद्यालयका प्रध्यानाध्यापक साेमनाथ तिवारीले बताउनुभयाे।
उक्त अवसरमा बैंकले विद्यालयलाइ कम्प्युटर ,प्रिन्टर तथा खेलकुद सामाग्रीहरु प्रदान गरेकाे थियाे।संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विभिन्न समयमा सामाजिक कार्यक्रमहरुमा सहभागिता जनाउदै आयकाे महालक्ष्मी विकास बैंक खुरखुरे शाखाका शाखा प्रबन्धक अजय सापकाेटाले बताउनुभयाे।कार्यक्रममा शिक्षक ,विद्यार्थी ,बैकका कर्मचारी तथा स्थानिय समाजसेवीहरुकाे उपस्थिति रहेकाे थियाे।  महालक्ष्मी विकास बैंकले पुर्व देखि पश्चिम सम्म देशैभर १०३ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएकाे छ।

शेयर गरौ

ताजा अपडेट