कोभिड १९ को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्तु भएको डब्लूएचओको घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड १९ को विश्वव्यापी स्वास्थ्य संकटकालु समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले तीन वर्षअघि कोभिड १९ लाई ुविश्वव्यापी स्वास्थ्य संकटकालु घोषणा गरेको थियो ।

डब्लूएचओले ३० जनवरी , २०२० मा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

ुठूलो आशाका साथ म कोभिड १९को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु,ु डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् ।

ुहिजो, आपत्कालीन कमिटीको १५औं बैठक बस्यो र त्यसले मलाई विश्वव्यापी चासोको सार्वजनिक स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्न सिफारिस गरेको थियो । मैले त्यो सल्लाहलाई स्वीकार गरेँ । त्यसअनुसार ठूलो आशाको साथ म कोभिड १९ विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्दछु,ु उनले भने । तर उनले उच्च तहको खतरा सतर्कता हटाउनुको अर्थ जोखिम सकिएको भन्ने भने नभएको बताए । ुपरिस्थितिमा परिवर्तन भए संकटकालीन अवस्था पुनस्स्थापित हुन्छ,ु उनको भनाइ छ ।

यो घोषणा कोरोना महामारी समाप्तितर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । तर धेरै देशहरूले कोभिड १९को संकट समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् । कोभिड(१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांकले बताउँछ ।तर मृत्यु भएको व्यक्तिहरूको संख्या २ करोडआसपास हुनसक्ने जनस्वास्थ्यविद्हरूले जनाएका छन्

कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

शेयर गरौ

ताजा अपडेट