चितवन । अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाले आगामी पाँच वर्षका लागि कार्य योजना तयार गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ६, केशरवाघमा रहेको अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाकोे विस्तारित मंचका प्रतिनिधिहरुले तीन दिने कार्यशाला मार्फत ‘अन्नपूर्ण भिजन २०८५’ तयार पारेको हो ।
विभिन्न ११ वटा समुह मार्फत छलफलबाट संस्थाले सात बुदे घोषणा पत्र तयार गरेको छ । संस्थासंग सम्बिन्धित विभिन्न विषयका १० वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने २० जनाले टिप्पणी गरेका थिए ।
बैशाख १६ देखि १८ गतेसम्म संचालित कार्यशालालाई संस्था संचालन नीति, कार्यबिधि तथा पञ्चवर्षीय रणनैतिक योजना निर्माणमा प्राथमिकता दिईएको संस्थाका अध्यक्ष ऋषिराम चापागाईंले जानकारी दिनुभयो । कार्यशालामा विज्ञ सल्लाहकार रमेश अधिकारी एव भरतपुर महानगरपालिका सहकारी बिज्ञ रामबाबु पौडेल , सस्थाका पूर्व अध्यक्षहरु भीमलाल चापागाईं, भगिरथ तिमिल्सिना पूर्व उपाध्यक्ष बोधराज पाठक, लिलाबहादुर भण्डारी, छबिलाल अधिकारीको सहभागिता थियो ।
साथमा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्व समिति, पूर्व ब्याबस्थापकहरु संगै सहभागी शेयर सदस्यहरु, किसानले पनि आफ्ना सुझावहरु दिनु भएको थियो ।
साढे आठ हजारसम्म दूध संकलन गरेर बजारिकरण गर्दै आएको सहकारीले आफ्नो लक्ष्यमा १५ हजारसम्म दूध संकलनको गर्ने र पशुफार्मको विस्तार राखेको व्यवस्थापक करुण पोखरेलले बताउनु भयो ।
अन्नपूर्णले अहिले दूधलाई विविधिकरण संगै, पशुदाना उद्योग, पशु आहार साईलेज, पशुफार्म पनि संचालनमा ल्याएको छ ।
