चितवन । भरतपुर महानगरपालिकाको मुख्य दुई सडकमा ३३ केवी विद्युतका तार भूमिगत कार्य तिब्र गतीमा भएको छ । भरतपुरको भोजाडमा रहेको सव स्टेशनबाट वाइपास सडक हुदै पूर्वपश्चिम राजमार्गको गोन्द्राङसम्मको ४ किलोमिटर पाँचसय मिटर क्षेत्रमा तार विछ्याउनको लागि पाइम राखिसकेको छ । नारायणगढको पुलचोकदेखि वसपार्कसम्म सडकको दायाँवायाँ आपटारीदेखि वाइपास सडकको दायाँवायाँ र वसपार्कदेखि गोन्द्राङसम्म एकातर्फमात्र गरेर २३ किलोमिटर क्षेत्रमा तारलाई भूमिगत गरिदैछ ।
पहिलो चरणमा ३३ केभी लाइनका तार भूमिगत गर्नका लागि पाइप बिछ्याउने काम गरिएको हो । ३३ केभीका तार भूमिगत गरेपछि ११ केभी र एलटी लाइन क्रमशः भूमिगत गर्ने तयारी रहेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको भरतपुर शाखाका इलेक्ट्रिकल सुपरभाइजर सन्दीप विक्रम शाहले जानकारी दिनुभयो ।
माघको १२ गतेबाट पाइम विछ्याउन सुरु गरेको कार्यलाई तिब्रता दिएको छ । पाइप बिछ्याएपछि चेम्बरलगायतका संरचनाहरु बनाएर तारलाई पाइपमा घुसाइन्छ । भरतपुरको सव स्टेशनबाट मुख्य राजमार्गको गोन्द्राङसम्म सकिएको छ यो काम ठुलो सफलता हो उहाले भन्नुभयो ।
‘बिजुलीका तार भूमिगत गर्ने बेलामा एउटा अप्टिकल फाइबर पनि हाल्छौँ । इन्टरनेटका तार पनि अहिल्यै भूमिगत गर्ने विषयमा भने विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच कुनै समन्वय भएको छैन’, उहाले भन्नुभयो । तार भूमिगत गरेपछि बाहिरी समस्याले खासै असर नगर्ने भएकाले तारमा ‘फल्ट’ आउने सम्भावना एकदमै कम हुने जानकारी दिनुभयो । ‘फल्ट भइहाले पनि हामीसँग एस्पियर हुन्छ, एस्पियर भनेको एउटा छुट्टै केबल हो । एउटा तारमा फल्ट आउँदा जगेडामा राखिएको केबलबाट तत्कालै बिजुली सप्लाइ गर्न मिल्छ । बिग्रिएको तारलाई विस्तारै मर्मत गर्न पनि सकियो’, उहाले भन्नुभयो ।
भूमिगत भएपछि तारलाई चट्याङले असर गर्दैन । जसका कारण हावाहुरी र चट्याङ पर्ने बित्तिकै लाइन जाने समस्या पनि हट्ने छ । पोखरा र भरतपुरमा गरेर एकै पटक काम भएको यो कार्यको लागि दुइ अर्व ६० करोडको लागतमा निर्माण हुदै गरेको उहाले जानकारी दिनुभयो । एक वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । दुइ वर्षमा काम सम्पन्न गर्नु पर्ने भएपनि सामग्री आउन समस्या भएपछि काम ढिलो गरी सुरु भएको थियो ।
३३ केभीको तार भूमिगत सम्पन्न भएपछि सर्विस पोलमा तार जोडिनेछ । त्यही पोलबाट ग्राहकले विद्युत तार जोड्न सक्नेछन् । मुख्य सडकमा तारलाई भूमिगत गरेपछि सहरको सौन्दर्य वृद्धि हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । स्मार्ट सिटी अन्तर्गत महानगरलाई विभिन्न विकासका पूर्वाधारले जोडिने छ उहाले भन्नुभयो अहिले स्मार्ट लाइट वल्न थालेका छन् यो कार्य अन्तिम चरणमा पुगेको छ । अव भूमिगत तार भएपछि मुल सडकमा विद्युतीय पोल देख्न पाइदैन । नारायणी नदीलाई व्यवस्थित पार्ने, भरतपुर विमान स्थललाई विस्तार गरेर रात्रीकालिन उडान गर्ने, सिटी हल निर्माण, क्रिकेट रंगशालालगायत धेरै कामहरु निर्माणको क्रममा रहेको दाहालले जानकारी दिनुभयो ।