चितवन समाचार डटकम
१६ फागुन । विभिन्न १० वुदे माग राख्दै भोलीबाट ग्यास उद्योगीहरु आन्दोलनमा उत्रन थालेपछि अभाव हुने डरले सिलिण्डर किन्न उपभोक्ताको भिड लागेको छ ।
ग्यास उद्योगीहरुले सरकारसंग १० वुदे माग राखेको तर पूरा गर्न तयार नभएपछि आन्दोलनमा उत्रन थालेका हुन् । उद्योगीहरुको आन्दोलनमा ग्यास बिक्रेताहरुको पनि सहयोग रहेको छ । ग्यास बोक्ने बुलेट भारतले नेपाललाई बिक्री गरेको तर सञ्चालन गर्न अनुमती नदिएको, लागत बढेको तर मुल्य बृद्धि गर्न नपाएको, लाइसेन्स नलिइ ग्यास विक्री केन्द्र सञ्चालन गरेकोलगायतमा विभिन्न माग राखेर आन्दोलनमा उत्रन थालेका छन् । ग्यास उद्योगीहरुको आन्दोलन सार्वजनिक भएपछि उपभोक्ताले स्टक राख्नको लागि ग्यास किन्न थालेका हुन् ।
उद्योगीको माग व्यसायीहरुसंग पनि मिलेकाले हाम्रो साथ रहेको ग्यास विक्रेता महासंघ प्रदेश नं. ३ का महासचिव शालिग्राम पोखरेलले बताउनु भयो । ‘लाइसेन्स नलिइ खानापकाउने ग्यास बिक्री गरेका छन्’ उहाले भन्नु भयो ‘तोकिएको व्यक्तिले मात्र ग्यास विक्री गर्न पाउनु पर्ने हाम्रो पनि माग हो ।’ ग्यास बिक्री गर्दा मुनाफा ज्यादै थोरै छ यसको पनि बृद्धि गर्नु पर्दछ उहाले भन्नु भयो । उहाका अनुसार ग्यासको झोलमा अहिले ०.९ प्रतिशत मात्र नाफा छ त्यसलाई बढाएर ६ प्रतिशत पु¥याउनु पर्ने हाम्रो माग हो ।
आन्दोलनको कार्यक्रमहरुमा फागुन १७ गते ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद नगर्ने, २२ गते भारतबाट नेपाल ल्याउने ग्यास लोड नगर्ने, २५ गतेबाट भन्सारबाट नेपाल नल्याउने, २८ गतेबाट ग्यास उद्योग बन्द गर्ने, ३० गतेबाट ग्यास बिक्री गर्ने डिपोहरु बन्द गर्नेलगायतका आन्दोलन रहेको छ । ३० गतेबाट खानपकाउने ग्यास बिक्री गर्ने डिपोहरुबाट उपभोक्ताले खरिद गर्न नपाउने महासचिव पोखरेलले जानकारी दिनु भयो । डिपोमा स्टक रहेको सिलिण्डर भएमा मात्र खरिद गर्न पाउने तर त्यती बेलासम्म ग्यासको सिलिण्डर आइनसक्ने उहाको भनाइ छ ।