भरतपुरको गोन्द्राङ पुलचोक छ लेनको सडक असारमा सम्पन्न हुने

 

चितवन, १८ माघ । चितवनको भरतपुरमा विस्तारको काम भइरेको छ लेनको सडक आउदो असार महिानभित्र सम्पन्न हुने भएको छ ।
भरतपुरको गोन्द्राङ पुलचोक साढे ६ किलोमिटरको सडक दुइ वर्ष अगाडिबाट विस्तारको काम सुरु भएको थियो । अहिले ५ किलोमिटरको काम सम्पन्न भइसकेको छ भने बाँकी रहेको चौविसकोठी देखि नारायणगढको पुलचोकसम्मको सडक विस्तारकोकाम धमाधम भइराखेको छ । हामीले आउदो असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी काम अगाडि वढाइराखेका छौ लक्ष्य अनुसार सम्पन्न हुने विश्वास लिएका छौ डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले बताउनुभयो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङ जंगलदेखि नारायणीनदीको पुलसम्मको बाटोलाई फराकिलो छ लेनको निर्माण कार्य भइराखेको छ । नारायणगढ बजारमा रहेका घरहरु सडकमा परेपछि भत्काउन नमान्दा विस्तारको काममा ढिलाइ भएको थियो । ती घरहरु एक महिना आगाडि भत्काएर निर्माणका कामहरु गर्न सहज भएपछि अहिले कुनै समस्या नभएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिनुभयो । अहिले कुनै वाधा व्यवधान छैन तोकिएको मितिमा सम्पन्न हुने काम भइराखेको भएकाले सकिनेमा हामी ढुक्क छौ ।
चौविसकोठीदेखि लायन्सचोकसम्म विस्तार गर्दै सडक निर्माणको लागि काम भइराखेको छ । लायन्सचोकदेखि पुलचोकसम्मको स्थानमा विजुलीका पोलहरु सार्ने प्रकृयाका भइराखेको सूचना अधिकारी साहले जानकारी दिनुभयो । सडक विस्तारका क्रममा भरतपुरको ओरालोलाई होचो बनाएर अब उकाले नरहने गरी निर्माण गर्न लागिएको उहाले बताउनुभयो । विस्तारको डिजाइनमा चौविसकोठीदेखि ओरालोको नहरसम्म होचो बनाउने भएको छ । अहिले भइराखेको सडक भन्दा एकमिटर होचो बनाएर सडक निर्माण गरेपछि नारायणगढबाट भरतपुर आउन अब उकालो नहुने डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सामान्य उकालो भएपछि देखिने गरी उकालो नहुने साहले बताउनुभयो ।
लामोदुरीमा यात्रा गर्ने सवारी साधन बिचको लेनबाट गुडाउने र स्थानीय रुटमा रोक्दै हिड्नेलाई दायावायाँ रहेको एक लेनको सडकमा चलाउन पाइने भएकाले जाम हुने समस्या हटेर जाने कार्यालयले जनाएको छ । एक अर्व २३ करोड रुपियाँको लागतमा निर्माण हुदै गरेको सडकको बिच भागमा हरियाली निर्माण गरिदैछ । फूल तथा होचा जातका वनस्पती रोपेर हरियाली बनाउने तयारी रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । अहिले निर्माण कार्य पूरा भएको गोन्द्राङदेखि हाकिमचोकसम्मको स्थानमा हरियाली वनस्पती रोप्नको लागि ठाुल निर्माण गरिन लागेको छ । सडक निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सम्पन्न भइसकेको सूचना अधिकारी साहले जानकारी दिनुभयो ।

 

 

शेयर गरौ

ताजा अपडेट