चितवन समाचारडटकम, १६ फागुन ।
नेकपा ३ नम्बर प्रदेश कमिटीले हेलिकप्टर दुर्घटनामा पार्टीका युवा नेता एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सात जनाकाे ज्यान गएकाे घटनाले पार्टी मर्माहत भएको जनाएको छ ।
अध्यक्ष नारायणप्रसाद दाहाल र सचिव अानन्द पाेखरेलले विज्ञप्ति जारि गरि घटनाले राष्ट्र र पार्टिलाई अपुरणिय क्षति भएको जनाउनुभएकाेे छ ।
विज्ञप्तिमा शाेक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै दिवङ्गत भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।
ताप्लेजुङको सिस्नेभीरमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो।
