काठमाडौं, १६ फागुन ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शवकाठमाडौं ल्याइएको छ ।
शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो । बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।