चितवन, २८ पुस । नेपाल मुद्रण उद्योग महासंघले समयमा विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउनको लागि जिनी क्षेत्रलाई छपाइको काम दिनु पर्ने माग गरेको छ ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मीले अहिलेदेखि नै पुस्तकको छपाइमा ध्यान दिन सकिएन भने विद्यार्थीले किताव समयमा नपाउने बताउनुभयो । जनक शिक्षाको मात्र भर पर्दा समयमा छाप्न नसक्ने र सधै झै विद्यार्थीले किताव नपाउने उहाले बताउनुभयो । महासंघका अध्यक्ष रेग्मीले निजी क्षेत्रलाई पुस्तक छाप्न अनुमती दिएमा दुइ महिना भित्र एकदेखि कक्षा १० सम्मका सवै पुस्तक छापेर सम्वन्धीत क्षेत्रमा पु¥याइदिने दावी गर्नुभयो ।
पुस्तक छाप्ने भनेर मात्रै १३ अर्व रुपियाँ लगानी गरेर छापाखाना सञ्चालनमा रहेको छ । छापाखानमा मात्रै ८५ अर्व रुपियाँ मुद्रण क्षेत्रमा रहेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार साना ठुला गरेर चारहजार छापाखाना रहेको नेपालमा एकजहार पाँचसय वटा रंगीन छापाखाना रहेको छ ।
सवै प्रकारका पाठ्यपुस्तक छाप्न नेपाली छापाखान भएपनि सरकारले अनुमती नदिदा हरेक वर्ष समस्या आइपर्नेछ । अहिलेदेखिनै पुस्तक छपाइमा हुने ढिलाइका विषयमा तयारी गर्ने र पुस्तक छपाउन दिनु पर्नेमा जोड दिनुभयो । पुस्तक छाप्नको लागि भनेर नेपाल सरकारले तोके अनुसार १४ वटा छापाखाना सूचिकृत रहेको छ । मापदण्ड पुगेपनि अन्य छापाखाना भने सरकारमा सूचिकृत गर्न नगएको महासंघले जानकारी गराएको छ ।
सरकारले २०६४ सालमा निजीलाई कक्षा १ देखि ५ सम्मका पुस्तक छाप्न अनुमती दिएको थियो । यो समयमा पूर्वाञ्चलमा मात्र वितरण गर्न पाइने भन्ने निर्देशन थियो । त्यसपनि पूर्वाञ्चल, पश्चिमाञ्चल हुदै देशैभरी वितरण गर्न पाउने गरी कक्षा १ देखि ८ सम्मको लागि छपाइ गर्न अनुमती दिएको थियो । पछि फेरि वन्द गरियो । जनक शिक्षालाई होलोग्राम छाप्ने काम दिएर पुस्तक छपाइको लागि निजीलाई दिनु पर्ने महासंघले माग गरेको छ । महासंघमा आवद्ध छापाखानाको क्षमता दैनिक पाचलाख पुस्तक छाप्न सक्ने क्षमता रहेको दावी गरेको छ । छापेर ढुवानी गर्न सक्ने क्षमता महासङ सङ रहेको भन्दै उहाले जनक शिक्षाली ढुवानी छपाइ लगायतका विषयमा अनावश्यक हल्ला फिजाएको आरोप लगाउनु भयो । मुद्रण उधोगमा दुइ लाख ५० हजार जनाले रोजगारी पाएको जनाएको छ ।


