चारदिने निशुल्क मेकअप तालिम सम्पन्न

 

चितवन २० पुस । चितवनका सौन्दर्य व्यवसायीहरुको लागि चार दिने मेकअप सम्वन्धी सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा भएको तालिममा नेल आर्ट, रसियन हेयर स्टाइल, मेकअपलगायतको तालिम दिएको थियो । तालिमको समापन कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले व्यवसायीहरुको आवश्यकता र माग अनुसार तालिम गोष्ठी सेमीनार गरिहने वताउउनु भयो । उहाले चितवन महोत्सव–२०७९ सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्न व्यूटिपार्लर व्यवसायीहरु अनुरोध गर्नुभएको थियो ।
समापन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरन्जीवी सुवेदीले तालिमबाट सिकेका कुरा आर्थिक उत्पादनमा लगाउन सहयोग पु¥यउन मर्दत गर्ने बताउनु भयो । २०७९ पौष १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको सेमिनार १०० जनाप्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । उक्त सेमिनारमा सावित्री रेग्मी, सुनिता खड्का, सविना महतो, संगिता अर्यालले प्रशिक्षण दिनु भएको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।
चितवन व्युटिपार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सम्पन्न सेमिनार उद्योग वाणिज्य संघ–चितवनको तालिम संयोजक योगिता पियाले संयोजन गर्नु भएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट