बुधबार शेयरबजारमा उच्च अंकको बृद्धि

 

काठमाडौं २० पुस । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा पुगेर रोकिएको छ ।

यस्तै, आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

साथै नेप्सेमा रहेका १३ इन्डेक्समा नै आज हरियाली छाएको छ । सर्वाधिक आज व्यापार इन्डेक्स ९.७४ प्रतिशतले बढेको छ ।

यसअघि मंगलबार नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१ को विन्दुमा पुगेको थियो भने नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

ताजा अपडेट