शिवशक्ति एग्रो प्रालिको हेलो वास्मती चामल नेपाली बजारमा

चितवन २० पुस । भारतीय कम्पनी शिवशक्ति एग्रो प्रालिले उत्पादन गरेको हेलो वास्मती चामल नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ ।
भारतमा नाम चलेको कम्पनी मध्य एक शिवकृतिको धेरै उत्पाद मध्य वास्मती चामल एक उत्कृष्ट उत्पादन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका निर्देशक रञ्जित सिंह राघवले अन्य वास्मती चामल भन्दा भिन्न र ९९ प्रतिशत वास्मती चालम भएकाले आफ्नो कम्पनीको चामल ढुक्क भएर प्रयोग गर्न उपभोक्तालाई अनुरोध गर्नुभयो ।
नेपालमा मास्टर सेफ फुड प्रालिले हेलो बासमतीको बिक्री वितरण गर्ने जिम्मा लिएको छ । मास्टर सेफ प्रालिका अध्यक्ष प्रभाकर पण्डितले लामो समयको उपभोग र चामलबारे अध्ययन गरेपछि भारतीय कम्पनीसँग सम्झौता गरेर हेलो ब्राण्डको बास्मती चामलको आधिकारिक बिक्रेता भएर काम गर्न लागेको जानकारी दिनुभयो ।
चितवनका पाँच जना युवा व्यवसायीको संयुक्त पहल र उपस्थितिमा भरतपुर–८ गोन्द्राङबाट मास्टर सेफ फुड्स सञ्चालन गरेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो । बजारमा मिसावटयुक्त बास्मती पाउने हुँदा असली बास्मती र त्यसको गुणस्तरलाई ध्यानमा राख्दै नेपालका उपभोक्ताका लागि सेवा दिने कामको थालनी गरिएको उहाको भनाइ छ । चितवनका होटल व्यवसायी प्रभाकर पण्डितसँगै पूर्ण कंडेल, हरि न्यौपाने, श्याम कंडेल र मुकुन्दहरि गौतमको संयुक्त लगानीमा मास्टर सेफ सञ्चालनमा आएको हो।
भारतीय कम्पनी शिवकृति एग्रोका निर्देशक राघवका अनुसार अधिकांश बासमती चामलको गुणस्तर ५०–५२ प्रतिशत मात्रै गुणस्तरीय हुने हुँदा आफूहरुले ९९ प्रतिशत बास्मतीको उत्पादन गर्दै आएको बताउनुभयो ।
शिवकृति एग्रोले चामलसंगै काजु, ओखर, तिल, गरममसला, आलस, किसमिसलगायतका सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले गरेको उत्पादनमा कुनै कुरा चित्त नवुझेमा त्यही भएको नम्वरमा फोन गरी गुनासो राख्न सकिने व्यवस्था समेत रहेको निर्देशक राघवले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट